
झापा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । खुदुनाबारीको कैदले प्राकृतिक रंगशालामा बुधबार भएको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो ।
मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६औं र ३६औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले १ लाख ११ हजार २११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले ५५ हजार ६५५ रुपैयाँमा चित्त बुझायो ।
शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार पाए । मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर र मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । भुजेले प्रतियोगितामा ७ गोल गरेका थिए ।
मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर बन्दा मेचीनगरका टिम कोच ससेन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । त्यस्तै आयोजक टिमका सौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार पुरस्कार पाए ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने