प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने नयाँ रंगशाला निर्माण गरिने घोषणा गरेका छन्।
राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद् परिसरमा निर्माण गरिएको ‘नेशनल हाइ परफमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हालैको स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम अवलोकन गरेको स्मरण गरे।
सो अवसरमा उनले नेपालका प्रमुख रंगशालाहरूको क्षमता सीमित रहेकाले नयाँ स्तरको रंगशाला निर्माण आवश्यक रहेको बताए। प्रधानमन्त्री ओलीले नेपालको खेलकुद क्षेत्र व्यवसाय र आम्दानीको स्रोत बन्ने दिशातर्फ अघि बढिरहेको उल्लेख गरे। "खेल अब केवल मनोरञ्जनको साधन मात्र होइन, आर्थिक सम्भावनासहितको क्षेत्र हो भन्ने स्थापित हुँदैछ," उनले भने।
राष्ट्रिय खेलकुदको मिति अब सर्दैन
प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब कुनै हालतमा नसरिने स्पष्ट पारेका छन्। "मिति फेरबदल अब राष्ट्रिय लज्जाको विषय बन्न सक्छ," उनले भने। उनले राष्ट्रिय खेलकुद परिषद्लाई तोकिएको मिति अनुसार प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय गरिएको छ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”