News सहज जितका साथ युथ इलेभन सेमिफाइनलमा
गोलनेपाल

दुहबी । सहज जित निकाल्दै युथ इलेभन फुटबल क्लब, दुहबी यहाँ जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ युथ इलेभनले जनपथ फुटबल ट्रेनिङ सेन्टर, बिराटनगरलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।

यु इलभनका लागि सुदिप खुलालले दुई गोल गर्दा थप एक गोल सन्तोष चौधरीले गरे । खेलमा युथ इलेभन कै सन्तोष चौधरी प्लेयर अफ दि म्याच घोषित भए । उनले त्यसवापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत असार २७ गतेको तेस्रो क्वाटरफाइनल खेल गछिया फुटबल क्लब, मोरङ र नेताचोक टाइगर क्लब, ग्रामथान, भोरङबीच हुने आयोजकले जानकारी दियो ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।

 

 

 

Post Comments