News साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
गोलनेपाल

साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिता आउँदो अगस्ट २० देखि ३१ सम्म भुटानको राजधानी थिम्पुस्थित ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा आयोजना हुनेछ।

चार राष्ट्र—नेपाल, भारत, बंगलादेश र आयोजक भुटान—मात्र सहभागी हुने प्रतियोगिता डबल राउण्ड रोबिन लिग स्वरूपमा खेलिनेछ। सबै टोलीहरूले एक-अर्काविरुद्ध दुई पटक खेल्नेछन् र सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषित गरिनेछ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच दोस्रो खेल हुनेछ।

नेपालको खेल तालिका यस्तो छ:

अगस्ट २० – नेपाल vs भारत
अगस्ट २२ – नेपाल vs भुटान
अगस्ट २४ – नेपाल vs बंगलादेश
अगस्ट २७ – बंगलादेश vs नेपाल
अगस्ट २९ – भारत vs नेपाल
अगस्ट ३१ – भुटान vs नेपाल

Post Comments