काठमाडौं, असार २५ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा निर्माण गरिएको अत्याधुनिक नेसनल हाई परफमेन्स सेन्टर को उद्घाटन आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरिएको यो केन्द्र नेपाली खेलकुद इतिहासमै पहिलोपटक खेलाडीहरूको शारीरिक, मानसिक र प्रविधि आधारित समग्र विकासलाई लक्षित गर्दै निर्माण गरिएको हो।
राखेपका अनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा खेलाडीको प्रदर्शनमा सुधार ल्याउने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो।
केन्द्रका विशेषता:
-
प्रशिक्षण क्षमता: एकै पटक १०० जना खेलाडी
-
कुल क्षेत्रफल: ७,५७८ स्क्वायर फिट
-
जिमहल क्षेत्रफल: ४,०९६ स्क्वायर फिट
प्रमुख सुविधाहरू
-
अत्याधुनिक जिम हल
-
पुरुष र महिलाका लागि छुट्टाछुट्टै ५/५ वटा बाथरुम
-
१५/१५ जनाले प्रयोग गर्न मिल्ने चेन्जिङ रुम
-
लकर रुम, अफिस रुम, भण्डार कोठा
-
सुविधा सम्पन्न शौचालय
-
थेरापी रुम, स्टिम रुम
-
३० भन्दा बढी आधुनिक प्रशिक्षण उपकरणहरू, जस्तै ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, स्मिथ मेशिन, फङ्सनल ट्रेनिङ सिस्टम, ओलम्पिक फ्लेट स्टेन्ड, डम्बेल स्टेन्ड आदि
प्रशिक्षण अनुसन्धान प्रयोगशाला (High Performance Research Lab)
खेलाडीहरूको शारीरिक क्षमता, संरचना र प्रदर्शनको वैज्ञानिक विश्लेषणका लागि सेन्टरमा विशेष अनुसन्धान प्रयोगशाला समेत स्थापना गरिएको छ।
उपलब्ध प्रविधिहरू:
-
पोर्टेबल VO2 टेस्टिङ डिभाइस
-
ब्लड लेक्टेट एनालाइजर
-
सर्फेस EMG, मोशन ट्र्याकिङ सिस्टम
-
बायोमेकानिक्स फुल सिस्टम
-
साइकल इर्गोमिटर, इसोकाइनेटिक, टाइमिङ गेट
-
इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटर
राखेपले सम्पूर्ण खेल समुदाय, प्रशिक्षक, खेलाडी तथा सरोकारवाला सबैलाई सो केन्द्रको प्रभावकारी प्रयोगमार्फत नेपाली खेलकुदको भविष्य उज्यालो बनाउन सहयोग गर्न आह्वान गरेको छ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”