Gorkhalis Abroad जापानः लमजुङलाई प्रथम इशिकावा भेट्रान्स कपको उपाधि, यु–१० तर्फ हिमालयनलाई उपाधि
गोलनेपाल

काठमाडौं । जापानमा रहेका प्रवासी नेपालीहरुबीच आयोजित प्रथम इशिकावा भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि लमजुङ एफसीले जितेको छ ।

फाइनलमा लमजुङले ८८४८ एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो । लमजुङको जितमा प्रेम गुरुङले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विधागततर्फ पनि लमजुङ एफसी कै वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लमजुङका मिन थापा बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि लमजुङ कै प्रेम गुरुङ घोषित भए ।

त्यसैगरी १० वर्ष मुनिका च्यारिटी कपको उपाधी भने हिमालयन स्कुलले हात पार्यो । फाइनलमा हिमालयनले एशियन ब्रिज ईन्टरनेशनल स्कुललाई पेनाल्टी शुटआउटमा हराउँदै युथतर्फको उपाधि जितेको हो ।

प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग प्र्याउने सबै शुभेच्छुक र सहयोगीदाताहरुलाई आयोजकले धन्यवाद समेत दियो । साथै आउने दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरिएको समेत आयोजकले बतायो ।

 

Post Comments