News
युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
काठमाडौं । आफ्नो पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको चच ब्वाईज युनाइटेडले जारी एन्फा यु-१६ युथ लिगतर्फ शुक्रबार पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चर्च ब्वाईजले प्लानिङ ब्वाईज युनाईटेडलाई ९-० को फराकिलो अन्तरले हराउँदै सिजनको पहिलो जित दर्ता गर्यो ।
चर्च ब्वाईजका लागि सुशन थापा मगरले पाँच गोल गर्दा स्वप्निल दाहालको नाममा पनि ह्याट्रीक रह्यो । थप एक गोल भने प्लानिङ ब्वाईजले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
यो नतिजापछी चर्च ब्वाईजको खातामा तीन अंक जोडिएको छ । उता पराजित प्लानिङ ब्वाईजको पनि तीन खेलबाट समान ३ अंक रहेको छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच लाख धरौटीमा रिहा
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु