News
झापा एफसी सिक्किममा जारी चिफ मिनिस्टर गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । झापा–११ फुटबल क्लब सिक्किमको जोरेथाङमा जारी १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जोरेथाङ रंगशालामा भएको क्वाटरफाइनलतर्फ दश खेलाडीमा सिमित झापाले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा झापाका कप्तान देवेन्द्र तामाङ दोहोरो पहेंलो कार्ड खाँदै छाड्दा झापाली टोली दश खेलाडीमा खुम्चिएको थियो ।
यद्यपि झापाले खेलमा रोमाञ्चक जित दर्ता गर्न सफल भयो । खेलमा झापाका बिशाल लामा म्यान अफ दि म्याच घोषित भए । स्मरण रहोस, प्रतियोगितामा सहभागि नेपाल कै अर्को टोली चर्च ब्वाईज युनाइटेड पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
Post Comments
Related News