News अन्जनको गोल तर बराबरीमा रोकियो बसुन्धरा किंग्स
गोलनेपाल

काठमाडौं । बंगलादेशको शिर्ष फुटबल लिग च्याम्पियन बसुन्धरा किंग्स फुटबल क्लबमा आवद्ध नेपालका स्टार फरवार्ड अन्जन बिष्टले क्लबका लागि लिगको पहिलो गोल गरे तापनि टोली पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

लिगको पहिलो खेलमा बसुन्धरा किंग्सले आरमबाग क्रिडा संघसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । नेपाल कै अर्का स्टार रक्षात्मक मिडफिल्डर रोहित चन्दको कप्तानीमा उत्रिएको बसुन्धराका लागि ३४औं मिनटमा अन्जन बिष्टले पेनाल्टीमार्फत गोल गरेका थिए । तर खेलको अन्तिमतिर इन्जुरी समयमा इरफानले आरमबागका लागि बराबरी गोल फर्काएका थिए ।

खेलमा रोहित र अन्जन बाहेक नेपाल कै अर्का अन्तर्राष्ट्रिय खेलाडी मनिष डाँगीले पनि टोलीको पहिलो रोजाई मै रहेर खेलेका थिए ।

Post Comments