News तेस्रो ल्होसार कप शुरु, रतनपुर युनाइटेडको विजयी शुरुवात
गोलनेपाल

निजगढ । बिहीबारदेखि शुरु भएको तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेड क्लबले विजयी शुरुवात गरेको छ ।

निजगढ–१०, लाल स्थित बुद्धचोक फुटबल मैदानमा भएको उद्घाटन खेलमा रतनपुरले आरएफसी, हरिवनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

रतनपुरका लागि दिपेश गुरोले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने रतनपुर कै गोलरक्षक अभिषेक चौधरी घोषित भए । यो जितसँगै रतनपुर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।

Post Comments