
काठमाडौं । एन्फा युथ लिगतर्फ लिगको दावेदार नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबसँग बराबरी खेल्दा संकटा क्लबले संकटाले सातदोबाटो युथ क्लबमाथि फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र मच्छिन्द्रले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ८ खेलबाट २० अंक जोडेको पुलिस शिर्ष स्थानमा यथावत छ । मच्छिन्द्र भने १५ अंकका साथ चौथो स्थानमा छ ।
बिहीबार नै भएको अर्को खेलमा संकटाले सातदोबाटोमाथि ६–० को एकतर्फी जित निकाल्यो । यो जितपछि ८ खेलबाट १२ अंक जोडेको संकटाले लिगतालिकामा आफ्नो स्थान सुधार गरेको छ । पराजित सातदोबाटो भने ४ अंकका साथ पुछारतिरै संघर्षरत छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा