News
चितवन जिल्ला लिगका खेलहरु केही दिनका लागि स्थगित

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सूचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो ।
अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ । संघले छिट्टै यस बारे थप निर्णय गर्ने सूचनामा उल्लेख छ ।
संघका महासचिव रामहरि ढकालले मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा हुने भएको लिगका खेलहरु स्थगित गरिएको बताए । शनिबारसम्म मौसमको अवस्था हेरेर यस बारे थप निर्णय गरिने उनले जानकारी दिए । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले वर्षा नरोकिए मैदानको अन्य विकल्प बारे पनि सोच्न सकिने बताए ।
जारी लिगका खेलहरु बिहीबारबाट नै रोकिएका छन् । लिगमा हाल तेस्रो चरणका खेलहरु जारी छन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा