काठमाडौं । बंगलादेशमा शुरु भएको साफ यु–२० महिला च्याम्पियनसिपमा दावेदार मध्ये एकका रुपमा हेरिएको नेपालले पनि विजयी शुरुवात गरेको छ । ढाका स्थित बसुन्धरा किंग्स ऐरिनामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
नेपालको जितमा पुर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन् भने थप दुई गोल सेनु परियारले गरिन् । उता पराजित भुटानका लागि भने केल्देन वाङमोले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् । खेल अवधिभर नेपालले भुटानमाथि अधिकांश समय नियन्त्रण राखे तापनि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोलभिन्नता थप गर्न सकेन ।
नेपालले अब आफ्नो दोस्रो खेलमा दोस्रो खेलमा १३ जुलाई आइतबारका दिन आयोजक बंगलादेशको सामना गर्नेछ । त्यस्तै सोही दिन भुटानले र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसियाका चार टोलीहरु सहभागि प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- अन्जनको गोल तर बराबरीमा रोकियो बसुन्धरा किंग्स
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु