
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा खेल्ने भनिएको चार देशीय सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा सहभागिता नजनाउने भएको छ ।
यसअघि केही संचारमाध्यमहरुले पनि नेपालले लेबनानमा नखेल्ने खबर प्रकाशित गरेका थिए । यद्यपि त्यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारिक रुपमा जानकारी गराएको थिएन । तर शनिबार भने यसबारे एन्फाले पनि पुष्टि गरेको छ ।
एन्फाले सुरक्षाको कारण जनाउँदै आउँदो जुलाई ८ देखि १६ तारीखसम्म लेबनानको त्रीपोलीमा हुने फोर नेशन्स कपमा सहभागी नहुने जानकारी गराएको हो । प्रतियोगितामा नेपाल बाहेक आयोजक लेबनान, बंगलादेश र जोर्डनले सहभागिता जनाउने तय भएको थियो साथै प्रतियोगिताको खेलतालीका पनि सार्वजनिक गरिएको थियो ।
त्यस्तै एन्फाले नेपाली महिला फुटबल टोलीका लागि छिटै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पहल गर्ने समेत बताएको छ ।
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए