
दुहबी । आयोजक संयुक्त युवा क्लब, सिमरिया, सुनसरी जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ संयुक्तले जनचेतना युवा क्लब, रामधुनी, सुनसरीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
संयुत्तःको जितमा दुवै गोल कबिन्द्र चौधरीले गरे । उता पराजित जनचेतनाका लागि भने निश्चल चौधरीले गोल गरेका थिए । खेलमा संयुक्तका कबिन्द्र चौधरी प्लेयर अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत असार २६ गतेको दोस्रो क्वाटरफाइनल खेल जनपथ फुटबल ट्रेनिङ सेन्टर, बिराटनगर, मोरङ र युथ इलेभन फुटबल क्लब, दुहबी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।