
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान तल खस्किएको छ । फिफाले सेप्टेम्बर महिनाका लागि निकालेको ताजा वरियता अनुसार नेपाल १७६औं स्थानमा खस्किएको हो ।्
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । त्यस्तै २ स्थान तल खस्किएको भारत १२६औं स्थानमा रहेर दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । त्यसैगरी १६३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
१८४औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने १८६औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा पाँच स्थान सुधार गरेको श्रीलंका २००औं स्थानमा रहेर दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना यथावत छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः दुई पूर्व विश्वविजेताद्वउ फ्रान्स र स्पेन रहेका छन् ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा