News बुटवल लुम्बिनीको मुख्य प्रशिक्षकमा बिजय महर्जन
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा प्ले अफ खेलेको बुटवल लुम्बिनी फुटबल क्लबले दोस्रो संस्करणका लागि बिजय महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । महर्जन एएफसी ए लाईसेन्स प्रशिक्षक समेत हुन् ।

क्लबले मुख्य प्रशिक्षक महर्जनको नियुक्तीबारे आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि घोषणा गरेको छ । क्लबले शुक्रबार मात्रै लिजेण्डरी नेपाली क्रिकेटर शक्ति गौचनलाई आफ्नो ब्राण्ड एम्स्याडोरमा नियुक्त गरेको थियो ।

स्मरण रहोस, बुटवल लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका चर्चित मिडफिल्डर एरिक बिष्टले अनुवन्ध भईसकेका छन् । दोस्रो नेपाल सुपर लिगका लागि यही असोज १३ गते शनिबार खेलाडीहरुको लिलामी हुँदैछ ।

यसपटकको नेपाल सुपर लिग आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगमा कुल ९ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको समापन भने पुष १४ गतेका दिन हुनेछ ।

Post Comments