News भारतसँग निराश नेपाल, सेमिफाइनलमा बंगलादेशसँग खेल्ने
गोलनेपाल

काठमाडौं । जारी साफ यु–१९ च्याम्पियनसिपको समूह चरणतर्फको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग निराशाजनक हार बेहोरेको छ ।

अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले भारतसँग ०–४ को हार बेहोरेको हो । यो नतिजासँगै २ खेलबाट ६ अंक जोडेको भारत समूह बी को विजेता बन्दा ३ अंक जोडेको नेपाल समूह उपविजेता बन्यो ।

अब सेमिफाइनलतर्फ नेपालले समूह ए को विजेता बंगलादेशको सामना गर्नेछ भने भारतले समूह ए को उपविजेता माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनल खेलहरु आउँदो जेठ २ गते शुक्रबार हुनेछन् ।

Post Comments