ANFA सुनवल ३ लाई सेमिफाइनल पुर्याउन सुसन निर्णायक
सुरज राना मगर

सुनवल । सुनवल ३ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सुनवल ७ स्थित स्थानीय खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा सुनवल ३ ले सुनवल १२ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सुनवल ३ का लागि सुसन शाहीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । सुनवल ३ का निर्णायक गोलकर्ता सुसन शाही नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख ३१ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सुनवल ६ र सुनवल ८ बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।

सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।

Post Comments