News
मध्यपुरलाई महत्वपूर्ण तीन अंक
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शनिबार मध्यपुर युथ एसोसिएशनले उत्कृष्ट जित हात पार्दै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई ३–१ को अन्तरले हरायो । मध्यपुरको जितमा विकर्ण श्रेष्ठ, प्रज्वल थापा मगर र सन्तोष गोङबाले गोल गरे । कुमारी क्लबका लागि भने निशान्त प्रधानले एक मात्र गोल फर्काएका थिए ।
खेलमा मध्यपुरका प्रज्वल थापा मगर प्लेयर अफ दि म्याच घोषित भए । यो जितपछि १० खेलबाट ११ अंक जोडेको मध्यपुर लिगतालिकाको ११औं स्थानमा उक्लिएको छ । उता पराजित कुमारी क्लब भने १३ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान