South Asia साफ महिला च्याम्पियनसिपको तयारी पूरा
गोलनेपाल

काठमाडौं । नेपाल मै आयोजना हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दशरथ रंगशालामा आउँदो कार्तिक १ देखि १४ गते (अक्टुबर १७ देखि ३० तारीख) सम्म हुन गईरहेको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको महाभिडन्तको तयारी पूरा भएको कुरा एन्फाले मंगलबार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एन्फा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपक खतिवडा, प्रवक्ता सुरेश शाह र कम्पिटिसन डिरेक्टर सञ्जीव मिश्र। प्रतियोगिता सम्बन्धी जानकारी दिइएको थियो।

प्रतियोगिताको ब्रोडकास्टिङ र मार्केटिङ अधिकार एडी रिलिजलाई दिइएको पनि जानकारी गराइयो । त्यस्तै सहभागि टोलीहरुलाई अभ्यासका लागि एन्फा कम्प्लेक्स, आर्मी खेलमैदान, लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेलमैदान उपलब्ध गराईने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता सम्पन्न गर्न ४ करोड, ६० हजार ८ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका सात टोलीहरु सहभागि छन् । जसमा समूह ए तर्फ साविक विजेता बंगलादेशससँग दावेदार भारत र पाकिस्तान रहेका छन् । समूह बी तर्फ गत संस्करणको उपविजेता तथा आयोजक नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा कार्तिक २ गतेका दिन भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

Post Comments