News केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
गोलनेपाल

तेह्रथुमको फेदाप ३ जलजले तोक्मा तीनधारेमा सम्पन्न चौथो केलाङ मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापा हात पारेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन सम्दु एफसीलाई सडन डेथमा ७-६ गोलले पराजित गर्दै चुलाचुलीले उपाधि चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी,पेनाल्टि सुट आउटमा पनि पॉच पॉच गोलको बराबरी भए पछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।

उपाधि संगै चुलाचुलीले २ लाख २ हजार ८२ सहित तीन वर्षे रनिङ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता सम्दुले १ लाख ११ हजार ८२ सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

बैशाख २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररले उचित पुरस्कार प्राप्त गर्नेछन । मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा बैशाख २३ गते देखि सुरू प्रतियोगिता २९ गते सोमबार सम्पन्न भएको छ ।

विगत वर्षहरूमा झै यो वर्ष पनि केलाङ मेला सव्य र भव्य रूपमा सम्पन्न भएको क्लबका अध्यक्ष मोहन सिंह सिंगकले जानकारी दिए । मेलामा फेदाप गाउँपालिकाको आर्थीक सहयोग रहेको थियो।

Post Comments