
लालीगुराँस । तेह्रथुम जिल्लाको लालिगुरास नगरपालिका वाड न ५ दागपामा संचालित खोला बजार माघेनि मेलाको आज भएको खेलको सेमिफाइनल पुग्ने चार टोलीहरुकै टुगो लागेको छ ।
पुरुष पहिलो क्वाटरफाइनल मा सेनेहाङ एफ सि ले नालिगेन चुम्बोलाइ ४:२ ले हराउदै सेमिफाइनल प्रबेस गर्यो । दोस्रो क्वाटरफाइनलतर्फ केबुहाङ एफसीले कालिका एफसीलाई २–१ गोलको अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
तेस्रो क्वाटर फाइनल खेलमा कालिका सेतोले एफसी लामकटरीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै सेमिफाइनल प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै चौथो क्वाटरफाइनलतर्फ आयोजक जालपा ए भर्सेस रोयल लसुने भिडेका थिए । खेलमा निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा आयोजकले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा प्रवेश गर्यो ।
त्यस्तै महिला तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक जालपा बि ले प्रगतिशील युथ क्लबलाइ ३–० ले हराउदै फाइनल मा प्रवेश गरेको छ।
जालपा युवा क्लब, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ५ गतेका दिन हुनेछ ।
- योङ ब्वाईज झापालाई पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधि
- पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक ए र योङ ब्वाईज झापा भिड्ने
- पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा
- पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिता: आयोजक टोली सेमीफाइनलमा प्रबेश
- तेह्रथुम: पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगितामा पहिलो चरणका चार खेल सम्पन्न