News
गोल्डन एमिनेन्ट माडी गोल्डकप माघ पहिलो सातादेखि
माडी । एक बिदेशी र सातवटा नेपाली राष्ट्रियस्तरका उत्कृष्ट फुटबल टीमको सहभागिताबिच माडीको बसन्तपुरमा माडी गोल्डकपको नयाँ संस्करण सञ्चालन हुने भएको छ ।
बसन्तपुर युनाइटेड क्लब, माडीको आयोजना र गोल्डन एमिनेन्ट इन्टरनेशनल (प्रा.) लि.को टाइटल (शीर्षक) सौजन्यमा आउँदो माघ ५ देखि १२ गतेसम्म माडीको बसन्तपुर बजारस्थित खेल मैदानमा माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको हो ।
पर्यटन, कृषि तथा खेलकुद हुन् पूर्वाधार ः माडी नगरपालिकाको विकासको आधार भन्ने नारासहित सञ्चालन हुने सो स्पर्धाको प्रथम पुरस्कार रु. ३ लाख र दोश्रो पुरस्कार रु. १ लाख ५० हजार रुपैंयाका साथै सबै विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद सहित ट्रफी र मेडल पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष नविन बस्यालले बताउनुभयो ।
त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच, फेयर प्ले र नवप्रतिभाशाली खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था रहेको क्लबले जनाएको छ । खेलको तयारी सुरु भइसकेको र प्राविधिक कार्यहरु सञ्चालन भइरहेको जनाउँदै क्लबले खेल स्पर्धामा सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।
Post Comments