News पथलैया नकआउट फूटबलः एनजेजेभिसी बिजयी
गोलनेपाल

सिमरा । पथलैयामा जारी नकआउट फूटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा एनजेजेभिसी सिमरा बिजयी भएको छ । एनजेजेभिसीले आयोजक पथलैया दिब्य ज्योती क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । खेलको प्लेयर अफ दि म्याच एनजेजेभिसीका गोलरक्षक तबरेज मिया घोषित भए ।

Post Comments