News
बसन्तपुर र अभिषेक चर्च रजहर सेमिफाइनलमा
मेघौली। प्रथम सदाबहार मेघौली गोल्डकपअन्तर्गत आज सम्पन्न दुवै खेलबाट बसन्तपुर युनाइटेड क्लब र अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रवेश गरेका छन्।
पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लबले आयोजक सदाबहार युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो। बसन्तपुरका जुनित घिसिङले दुई गोल गरे भने आयोजकका विशाल महतोले आत्मघाती गोल गरे। आयोजकका लागि राजेश परियार र निशान्त बीकेले गोल गरे।
दुई गोल गरेका बसन्तपुरका जुनित घिसिङ उत्कृष्ट खेलाडी घोषित भए।
दोस्रो खेलमा अभिषेक चर्च रजहरले कटारी टाइगर एफसीलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। अभिषेक चर्चका लागि सुजित बुढाथोकी र कटारी टाइगरका लागि अनिश राईले गोल गरे।
उक्त खेलमा अभिषेक चर्चका सुजित बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए।
भोलिको पहिलो सेमिफाइनलमा सूर्यपुर एफसी र भरतपुर १८ बीच प्रतिस्पर्धा हुनेछ।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि