बुटवल । विजयीदशमीको अवसर पारी स्वास्थ्य सेवा पेशामा आवद्ध रहेकाहरुबीच वार्षिक रुपमा हुँदै आएको फार्मा कप फुटसल प्रतियोगिताको चौथो संस्करणको उपाधि नवजीवन (बी) ले जितेको छ ।
मोनालिसा फुटसलमा भएको उपाधि भिडन्तमा नवजीवनले साविक विजेता तथा आयोजक दि फार्मा टिमलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि पहिलोपटक कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको नवजीवनले उपाधिसहित नगद ३५ हजारहात पार्यो भने उपविजेता दि फार्मा टिमले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ नवजीवनका सञ्जय गौरो उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार चेमसोनका अनुप रानाले हात पारे । त्यस्तै फेयर प्ले टिम लुम्बिनी मेडिकल कलेज बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक दि फार्मा टिमका रेम्बो गौरेो घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ न्युरोसर्जन डाक्टर केआइ सिंह केसी, विशिष्ट अतिथी वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, राष्ट्रिय प्रशिक्षक यम प्रसाद गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक दिलिप क्षेत्रीलेपुरस्कृत गरेका थिए ।
दि फार्मा टिम, बुटवलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई प्रतियोगिता संयोजक मदन घिमिरे धन्यवाद र आभार समेत प्रकट गरे ।