News होराइजन र कान्ति फाइनलमा भिड्ने 
सुरज राना मगर
 
बुटवल । होराइजन इङलिस बोर्डिङ स्कुल र कान्ति मावि बुटवल, रुपन्देहीमा जारी एसियन पेन्टस च्याम्पियन्स कप यु–१८ अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
 
शुक्रबार सम्पन्न भएका दुई सेमिफाइनलतर्फ होराइजनले ग्यालेक्सी स्कुललाई २–१ ले हराउँदै फाइनलमा स्थान बनायो भने कान्तिले सुनगाभा इङलिस बोर्डिङ स्कुललाई टाईब्रेकरमा ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
 
अब यही भाद्र २७ गते हुने फाइनलमा होराइजन र कान्ति उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीले काठमाडौंमा हुने अन्तिम चरणको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने रुपन्देहीमा कार्यक्रम व्यवस्थापन गरिरहेका एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङले जानकारी दिए । 
Post Comments