
काठमाडौं । घरेलु मैदान मै यही फागुन ५ गतेदेखि शुरु हुन गईरहेको चारदेशीय अन्तर्राष्ट्रि महिला फुटबल प्रतियोगिता हेर्ने दर्शकहरुका लागि टिकट मुल्य तय गरिएको छ ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकटदर सामान्यतर्फ ५०० र विशिष्टतर्फ १००० तोकिएको एन्फाले जनाएको छ । दर्शकहरुले खल्ती डिजिटल वालटेमार्फत पनि टिकट खरिद गर्न सक्ने छन् । जसमा खल्तीले १५० ‘क्यास ब्याक’ दिने बताइएको छ । साथै क्यास ब्याक अफर सामान्य टिकटतर्फ मात्र रहेको खल्ती एपले जनाएको छ ।
स्मरण रहोस, नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागि रहेको प्रतियोगिताको उद्घाटन खेलमा फागुन ५ गतेका दिन म्यानमार र लेबनान भिड्ने छन् भने सोही दिन नेपालले किर्गिस्तानको सामना गर्नेछ ।
त्यस्तै फागुन ८ गतेका दिन नेपालले लेबनानसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा फागुन ११ गतेका दिन म्यानमारको सामना गर्नेछ । लिगचरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने