साँघुरो जितका साथ दमकडा ब्रदर्श सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । झिनो अन्तरको जित निकाल्दै दमकडा ब्रदर्श फुटबल क्लब यहाँ जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा दमकडाले समपुर्ण युवा क्लबमाथि १–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । टुँडिखेल मैदानमा भएको खेलमा दमकडाका लागि रामकृष्ण पौडेलले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ दि म्याच भने दमकडा ब्रदर्श कै अनुज गैरे घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ १२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल ज्योतिपुञ्ज युथ क्लब र भगवती युथ क्लबबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।

Post Comments