News राष्ट्रिय यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यम गुरुङ्ग
गोलनेपाल

काठमाडौं । आउँदै गरेको साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनुभवी यम प्रसाद गुरुङ्ग नियुक्त भएका छन् ।

त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ र किरन कुमार कार्की नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा नि बहादुर बस्नेत नियुक्त भएका छन् ।

टिम म्यानेजरमा इन्दु दुवाल नियुक्त भएकी छिन् । नियुक्त भएका सबैलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।

स्मरण रहोस, आउँदो साफ यु–२० महिला च्याम्पियनसिप आगामी जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशमा हुँदैछ ।

Post Comments