
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्बर महिनाका लागि निकालेको ताजा महिला वरियतामा नेपाल चार स्थान तल खस्किदैं १०३औं स्थानमा पुगेको छ । साफ महिला च्याम्पियनसिपको फाइनल खेले तापनि नेपालले आफ्नो वरियता भने सुधार गर्न सकेन ।
दक्षिण एसियातर्फ भने नेपाल भारतपछि दोस्रो स्थानमा यथावत छ । त्यस्तै एक स्थान तल खस्किदै ६९औं स्थानमा झरेको भारत दक्षिण एसियातपर्ः शिर्ष स्थानमा यथावत छ ।
त्यस्तै सात स्थान सुधार गर्दै १३२औं स्थानमा पुगेको साफ महिला च्याम्पियन बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ । एक स्थान सुधार गर्दै १५७औं स्थानमा उक्लिएको पाकिस्तान दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।
त्यसैगरी १५८औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा दुई स्थान तल झर्दै १६३औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ छैटौं स्थानमा छ । त्यस्तै तीन स्थान सुधार गर्दै १७२औं स्थानमा उक्लिएको भुटान दक्षिण एसियातर्फ पुछारको सातौं स्थानमा छ ।
विश्व फुटबलको शिर्ष स्थानमा भने अमेरिका कायम छ । एक स्थान सुधार गरेको स्पेन दोस्रो स्थानमा रहँदा समान एक स्थान सुधार गरेको जर्मनी तेस्रो स्थानमा छ ।