News झापामा यु–१९ फुटबल प्रतियोगिता शुरु, गियर बाबा र बेलबारीको विजयी शुरुवात
गोलनेपाल

दमक । सोमबारदेखि शुरु भएको प्रथम यु १९ फुटबल प्रतियोगितामा गियर बाबा फुटबल क्लब, अर्जुनधारा र बेलबारी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।

उद्घाटन खेलमा गियर बाबाले हिम शिखर स्कूललाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले बराबरी खेलेका थिए । खेलमा सिद्धान्त लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा बेलबारीले ज्यामिरगढी युथ क्लबलाइ ४–१ ले हराउदै क्वाटरफाइनलमा स्थान बनायो । बेलबारीको लागि निकेत मगरले २ गोल गरे भने युसन बिक र अनिल धिमालले समान एक–एक गोल गरे । उता पराजित ज्यामिरगढीका लागि प्रसान कटवालले सान्त्वना गोल फर्काएका थिए ।

खेलमा बेलबारी युसन बिक प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असार २४ गते मंगलबार पनि दुई खेलहरु हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको बिजेताले उपाधिसहित नगत ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

Post Comments