
हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि हुने भनिएको राष्ट्रिय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले पाउने स्कुटर पुरस्कार प्रायोजकको पनि टुंगो लागेको छ ।
जसअनुसार महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले प्राप्त गर्ने स्कुटरको प्रायोजन नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम पुर्ब गृह राज्यमन्त्री माननिय, बागमती प्रदेश सभाका सांसद ईन्द्रबहादुर बानियाँले प्रायोजन गरेका हुन् ।
सोही प्रायोजनका लागि एक कार्यक्रमको आयोजना गरि मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा र माननीय इन्द्र बहादुर बानिया बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको समेत गरिएको छ ।
खेलप्रेमी अभियन्ताका रुपमा पनि सक्रिय बानियाले जिल्ला फुटबल संघको हरेक कार्यक्रममा सहयोग गर्दै आइरहेका छन् । बानियाको सहयोगले थप हौसला मिलेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।
स्मरण रहोस, गौरीटार रंगशालामा हुने महिला गोल्डकपको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा तीन विभाीय टोलीहरुसहित कुल ८ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो ।
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए