News
आर्मी फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने

चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले चार गोल गरिन् । अरु दुई गोल बिमला र हिमा चौधरीले गरे ।
रौतहटका लागि पिउली रायले दुई तथा सेनु परियारले एक गोल गरे । चार गोल गरेकी आर्मीकी चन्द्रा प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार प्राप्त गरिन् ।
आर्मीले अब उपाधिका लागि एपिएफ एफसी काठमाडौंको सामना गर्नेछ । एपिएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर २४ विरुद्ध ११-० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल खेल ९ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments
Related News
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए