News
राष्ट्रिय महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्द

चितवन । विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै रौतहट एफसी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनमा जारी प्रतियोगितामा रौतहटले पुलिसलाई १-० ले पाखा लगाएको हो ।
रौतहटको जितमा अनिता राना मगरले एक मात्र निर्णायक गोल गरिन् । उनले ३१ अौ गरेको गोलले पुलिसलाई निराश बनायो । खेलमा पुलिसले रौतहटलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । रौतहटकी गोलकिपर उषा थापाले सानदार प्रदर्शन गरिन् । उनी नै प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार रुपैँया प्राप्त गरिन् ।
प्रतियोगितामा भोलि सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब सर्लाही भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागि छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए