
तेह्थुम । तेह्रथुमको म्याङलुङ रंगशालामा शनिबार सम्पन्न कोशी प्रदेश स्तरीय अन्तरजिल्ला पुरूष फुटबल प्तियोगिताको उपाधी मोरङले हात पारेको छ । फइनल खेलमा ओखलढुंगालाई २-० गोलले पराजित गर्दै मोरङले उपाधी उचालेको हो ।
मोरङका लागि असोक खवास र साइमन लिम्बुले एक एक गोल गरे ।उपाधी संगै मोरङले ३ लाख ३३ हजार ३ सय ३३ रूपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता ओखलढुंगाले २ लाख २२ हजार २ सय २२ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका सुशिल राइ, उत्कृष्ट मिड फिल्डर ओखलढुंगाका मानष राई,वेष्ट डिफेन्डर मोरङका असोक खवास,वेष्ट फर्वाडर मोरङका सुशिल राई, वेष्ट गोल रक्षक मोरङका पूर्ण चेम्जोङ, म्यान अफद म्याच मोरङका मौषम लिम्बु,उदयमान खेलाडी तेह्रथुमका अप्सन लिम्बु र उत्कृष्ट प्रशिक्षक मोरङका प्रकाश मल्ल घोषित भए। उत्कृष्ट सबैलले जनही ११ हजार १ सय ११ सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो