News केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
गोलनेपाल

तेह्रथुमको फेदाप ३ जलजले तोक्मा तीनधारेमा जारी चौथो केलाङ मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि चुलाचुली स्पोर्टिङ क्लब दमक झापा र सम्दु एफसी तेह्रथुम भिडने निश्चित भएको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा जि.सि.इन्टेक २२ लाई ३-२ गोलले पराजित गर्दै सम्दु एफसीले फाइनलमा चुलाचुली संगको भेट पक्का गरेको हो । प्रतिस्पर्धातमक खेलमा सम्दुको जितका लागि नोगेन राईले दुइ गोल गरे भने पासाङ तामाङले एक गोल गरे ।जि.सि. इन्टेकका लागि दुबै गोल रोशन बर्देवाले गरे । खेलको म्यान अफ दि म्याच सम्दु एफसीका नोगेन राई घोषित भए । उनले नगद रू एक हजार प्राप्त गरे ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक मुनाल युवा क्लब जलजलेलाई ३-२ गोलले पराजित गर्दै चुलाचुली स्पोर्टिङ क्लब यस अघिनै फाइनल पुगेको थियो । बैशाख २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ । खुल्ला पुरूष तर्फको विजेताले २ लाख २ हजार ८२ रुपैया सहित तीन वर्षे रनिङ ट्रफि प्राप्त गर्नेछ । उक्त पुरस्कार ललिता हुक्पा चोङवाङ सिंगकले प्रायोजन गर्नु भएको छ । उपविजेताले १ लाख ११ हजार ८२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन ।प्रायोजक शम्सेर तुम्बाहाङफे हुनुहुन्छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररले उचित पुरस्कार प्राप्त गर्नेछन । मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विगत वर्षहरूमा झै यो वर्ष पनि केलाङ मेलामा भव्य रूपमा सन्चालन भइरहेको क्लबका अध्यक्ष मोहन सिंह सिंगकले जानकारी दिए । मेलामा फेदाप गाउँपालिकाको आर्थीक सहयोग रहेको छ ।

Post Comments