News फिफा क्लब बिश्वकप: चेल्सी सेमिफाइनलमा
गोलनेपाल

काठमाडौ (एजेन्सी) । इङ्लिस क्लब तथा पुर्वविजेता चेल्सी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

शनिबार बिहान सम्पन्न दोस्रो क्वाटरफाइनलमा चेल्सीले ब्राजिलियन क्लब पाल्मिरासलाई २-१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

अमेरिकी शहर फिलाडेल्फियामा सम्पन्न खेलको १६औं मिनेटमा कोल पाल्मरको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफको ५३औं मिनेटमा इस्टिभाओ विलियनको गोलबाट पाल्मिरासले खेल १-१ को बराबरीमा ल्याएको थियो ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला खेलको अन्तिमतिर ८३औं मिनेटमा पाल्मिरासका जियाय अगस्टिनले आत्मघाती गोल गर्दा चेल्सीले रोमाञ्चक जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

चेल्सीले अब ८ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा अर्को ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फ्लुमिनेन्सले पहिलो क्वाटरफाइनला अल-हिलाललाई हराउँदै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

 

Post Comments