News मिराई एफसीलाई पनौती–११ गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौ । जापानको चिबा शहरमा सम्पन्न प्रथम पनौती –११ गोल्डकपको उपाधि एआरसी डाइनिङ एड मिराई एफसीले जितेको छ । फाइनलमा काभ्रेली समाज सेतोलाई हराउँदै मिराई एफसी च्याम्पियन बनेको हो ।

विजेता बनेको मिराई एफसीले उपाधिसहित नगद ५,११,१११ जापानी येन हात पार्यो भने उपविजेता काभ्रेली समाजले २,११,१११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै बिधागततर्फÞ उनम बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए । लक्ष्मण थापा उत्कृष्ट गोलरक्षक बन्दा धिरज पुन मगर उत्कृष्ट डिफेन्डर चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने जय लामाले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले ५–५ हजार येन र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि पनौती निवासी युवा व्यवसायी रोमियो मानन्धर, बिशेष अतिथि जापान नेपाल फÞुटबल संघ, जापानका अध्यक्ष शिब खडका, एनआरएनए जापानका युवा संयोजक मुक्तिराज रेग्मी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments