काठमाडौं । अमेरिकामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित डालास गुर्खाज (डिजी) फाउन्डेशनको आयोजनामा आउँदो सेप्टेम्बर २० र २१ तारीखका दिन अमेरिकामा रहेका नेपाली समुदायहरुबीच १४औं गुर्खाज कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता खुला, भेट्रान (३५ वर्षमाथि) र युथ गरी तीन फरक उमेर समूहमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि सेप्टेम्बर १३ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । जसअन्तर्गत खुलातर्फ १००० डलर, भेट्रातफ ८५० डलर र युथतर्फ २५० डलर टिमदर्ता शुल्क तोकिएको छ ।
प्रतियोगिताको खुलातर्फको विजेताले उपाधिसहित नगद १० हजार डलर हात पार्नेछ भने उपविजेताले ४५०० डलर प्राप्त गर्नेछ । त्यस्तै भेट्रानतर्फको विजेताले उपाधिसहित नगद ६००० डलर हात पार्नेछ भने उपविजेताले २५०० डलर प्राप्त गर्नेछ । त्यस्तै युथ विधातर्फको पुरस्कार राशी भने केही समयपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने