News
एसियन गेम्स खेल्ने राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग हस्तान्तरण

काठमाडौं । मित्र राष्ट्र चीनको हाङ्गझाउ शहरमा आयोजना हुने १९औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग हस्तान्तरण गरिएको छ ।
महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रदान गरेको किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना बैद्यले एक कार्यक्रमका बीच टिमलाई हस्तान्तरण गरे ।
कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले महिला टोलीका २२ खेलाडी, ३ प्रशिक्षक र १ फिजियोलाई उक्त किट्स ब्याग प्रदान गरिएको ओलम्पियन बैद्यले जानकारी दिईन् ।
स्मरण रहोस, एसियन गेम्सको महिला फुटबलतर्फ समूह डी मा रहेको नेपालले एसियन पावर हाउस जापान, भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तय भईसकेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै