News
साफ यु–१६ च्याम्पियनसिप एक दिन सर्यो (खेलतालिकासहित)
काठमाडौं । भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपको मिति एक दिन पर सरेको छ । यसअघि प्रतियोगिताको उद्घाटन सेप्टेम्बर १ तारीखका दिन हुने भनिए तापनि अब नयाँ मिति अनुसार प्रतियोगिताको उद्घाटन सेप्टेम्बर २ तारीखका दिन हुनेछ ।
भुटान फुटबल फेडरेशनले नयाँ खेलतालिका पनि सार्वजनिक गरेको छ । साथै फेडरेशनले विविध कारणले खेलतालिकामा परिवर्तन गरिएको बताएको छ । चाहङलिमिथाङ स्टेडियममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ए तर्फबाट बंगलादेश र भारत भिड्ने छन् । त्यस्तै सोही दिन समूह बी तर्फको खेलमा पाकिस्तान र भुटान भिड्ने छन् ।
प्रतियोगिताको समूह ए तर्फ नेपाल, भारत र बंगलादेश रहेका छन् भने समूह बी मा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल १० सेप्टेम्बरका दिन हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल