फिफा यु–२० महिला विश्वकपः इक्वेडर, जापान र इटालीको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पोल्याण्डमा जारी फिफा यु–२० महिला विश्वकपतर्फ ईक्वेडर, जापान र इटालीले आ–आफ्नो समूहमा जित हात पारेका छन् ।

समूह सी मा रहेको इक्वेडरले आफ्नो पहिलो खेलमा घानालाई ३–० ले हरायो । सोही अर्को खेलमा फ्रान्स र दक्षिण कोरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

त्यस्तै समूह डी तर्फ गत वर्षको उपविजेता तथा पूर्व विजेता समेत रहेको जापानले न्युजिल्याण्डलाई २–१ ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गर्यो । सोही समूहमा रहेको तीनपल्टको विजेता अमेरिकाले भने इटालीसँग समान १–२ को हार बेहोर्न पुग्यो ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् भने उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरुले पनि नकआउट चरणमा स्थान बनाउने छन् । फाइनल खेल २७ सेप्टेम्बरका दिन हुनेछ ।

Post Comments