News
रोहित अझै जकार्तामा बस्ने निश्चित

काठमाडौं । इण्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार मिडफिल्डर रोहित चन्दले क्लबसँग थप नयाँ सम्झौता गरेका छन् ।
रोहितले जकार्तासँगको आफ्नो सम्झौता नविकरण गरेका हुन् । रिपोर्टअनुसार क्लबसँग रोहितको नयाँ सम्झौता गत १५ जनवरीदेखि लागु भएको हो । उनले जकार्तासँग दुई बर्षका लागि सम्झौता नविकरण गरेको बताइएको छ ।
उता रोहितका दाजु रबिन चन्दका अनुसार क्लबले रोहितलाई यसपटक आकर्षक पारिश्रमिक दिएको बताएका छन् । यद्यपि आर्थिक सम्झौताबारे क्लब र रोहित दुवै विस्तृत रुपमा नखुलाउने सहमति भएको बताइएको छ ।
स्मरण रहोस, नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर समेत रहेका रोहित जकार्तासँग सन् २०१७ देखि आवद्ध रहेका छन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै