News
फिजम कपः बीबीएमको सहज जित

काठमाडौं । विश्व विद्या मन्दिर (बीबीएम) ले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सहज जित हात पारेको छ ।
बीबीएमले दीपिकालाई ९–० को भारी गोलअन्तरले पराजित गर्यो । निशान तामाङले ह्याट्रिक तथा अजय राई र विवेक विडारीले समान २–२ गोल गरे । बाँकी गोल प्रवेश राई र प्रज्ज्वल राईले गरे ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेपाल तारा र होली क्रसले सफलता पाए ।
नेपाल ताराले ग्रामरलाई ७–० गोलअन्तरले हरायो । सुदिप पाख्रिनले ३ तथा आशिष नेपाल, लुक्पा शेर्पा, भुवन श्रेष्ठ र आशिष दाहालले समान १–१ गोल गरे । होलीक्रसले कम्यकलाई ५–० गोलले पाखा लगायो । पुजन तामाङ र अमित खड्काले समान २–२ तथा सन्जिव तामाङले १ गोल गरे ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै