News अमेरिकामा ५औं ड्युरेबल फ्रिडम फाउन्डेसन कप सम्पन्न
गोलनेपाल

अक्रोन, (अमेरिका) । ५औं ड्युरेबल फ्रिडम फाउन्डेसन ९म्ँँ० कप सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताका सबै खेलहरू सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न भए भने कुनै खेलाडीमा चोटपटकको घटना भएन।

पुरुषतर्फ जर्जिया एटलान्टाको पीच स्टेट एफसी च्याम्पियन बन्यो। उसले उपाधिसहित ७ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो। पिट्सबर्ग भेटेरान्स उपविजेता बन्दै ५ हजार अमेरिकी डलर हात पार्यो।

पुरुषतर्फ लेला मैनाली MVP, अर्जुन खपाङ्गी उत्कृष्ट फरवार्ड, युवराज थापा उत्कृष्ट डिफेन्डर र चन्द्र तिवारी उत्कृष्ट गोलरक्षक घोषित भए।

महिला (मम्स)तर्फ* सिन्सिनाटीको सिन्सी आमा च्याम्पियन बन्यो। उसले ५ हजार अमेरिकी डलरसहित उपाधि जित्दा युनाइटेड अक्रोन उपविजेता बन्यो र ३ हजार अमेरिकी डलर प्राप्त गर्यो।

महिला तर्फ *रेश्मा माबा सुब्बा* MVP, रेनुका चाम्लिङ उत्कृष्ट फरवार्ड, सुजाता राई उत्कृष्ट मिडफिल्डर, माया राई उत्कृष्ट डिफेन्डर र सीता मोङ्गेर कार्की उत्कृष्ट गोलरक्षक घोषित भए।

समापन समारोहमा स्पोर्ट्स कोअर्डिनेटर बिबेक भट्टराईले पुरस्कार वितरण गरेका थिए। फ्रिडम फाउन्डेसनका **प्रकाश शर्मा गर्तौला**ले खेलाडी तथा स्वयंसेवकहरूलाई धन्यवाद दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

ड्युरेबल फ्रिडम फाउन्डेसनका हरि बंगलेले सहभागी सबै खेलाडी तथा सहयोगीहरूलाई धन्यवाद दिँदै प्रतियोगिताको समापन गरेका थिए।

आयोजकले सिन्सी तथा अक्रोन फ्रिडम टिम, होस्ट सिटी कोअर्डिनेटर *केशब शर्मा गर्तौला*, *पायल टी. शर्मा**रोशनी प्रधान* लगायत सबैको योगदानप्रति विशेष आभार व्यक्त गरेको छ।

Post Comments