International युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । स्वीजरल्याण्डमा जारी युइएफए महिला युरो च्याम्पियनसिपतर्फ एउटै समुहमा रहेका दुई पूर्वविजेता टोली स्वीडेन र जर्मनीले पनि जितका साथ प्रतियोगिताको शुरुवात गरेका छन् ।

समूह सी को पहिलो खेलमा स्वीडेनले डेनमार्कमाथि १–० को जित निकाल्यो । सोही समूहको अर्को खेलमा सर्वाधिक आठपल्टको विजेता जर्मनीले पोल्याण्डमाथि २–० को जित दर्ता गर्यो ।

समूह सी तर्फको दोस्रो खेलमा ८ जुलाईका दिन जर्मनीले डेनमार्ककको सामना गर्नेछ भने सोही दिन अर्को खेलमा पोल्याण्ड र स्वीडेन भिड्ने छन् । समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल खेल भने २७ जुलाईका दिन स्वीस शहर बासेलमा हुनेछ ।

Post Comments