
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र चिनीयाँ दुतावासका पदाधिकारीबीच एक औपचारिक कार्यक्रममा भेटघाट शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
सातदोबाटो स्थित एन्फा मुख्यालयमा भएको भेटघाट कार्यक्रममा चिनीयाँ दुतावासका पदाधिकारी वाङ दोङ र एन्फाका महासचिव किरन राईबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।
भेटवार्तामा आउँदै गरेको चिनीयाँ नयाँ वर्षको अवसर पारी दुई देशबीचको सम्भावित फुटबल म्याचबारे छलफल भएको समेत एन्फाले जनाएको छ । सोही भेटघाटको अवसरमा एन्फा महासचिव राईले चिनीयाँ अतिथी वाङलाई नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी पनि हस्तानतरण गरेका थिए ।
सो अवसरमा एन्फाका सिइओ इन्द्रमान तुलाधरको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस, चिनीयाँ नयाँ वर्ष कै अवसर पारी गत वर्षको माघमा नेपालको यु–२३ फुटबल टोली र चीनको किंग्घाई फुटबल क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सो खेलमा नेपाली टोली ५–१ ले विजयी समेत बनेको थियो ।
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा