News पथलैया नकआउट फूटबलः एभरग्रीन फूटबल क्लब बिजयी
गोलनेपाल

सिमरा । पथलैया नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा एभरग्रीन फूटबल क्लब पथलैया बिजयी भएको छ । गैरी खेल मैदानमा भएको खेलमा एभरग्रीनले रुपान्तरण युवा क्लबलाई २-१ ले पराजित गरेको हो ।

पथलैयाका लागि जेनिश गिरीले दुई गोल गरे । रुपान्तरणका लागि भने दिलकुमार विकले गोल गरेका थिए । खेलको १३औं मिनेटमा रुपान्तरण क्लबले लिएको अग्रता उल्टाउदै एभरग्रीनले जित हात पारेको हो । एभरग्रीनका दुई गोल गरेका जेनिश गिरी म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार चकरी फूटबल क्लब र बिबिवाईसी निजगढबीच खेल हुने आयोजक दिव्य ज्योती क्लबका कोषाध्यक्ष भूवन थापाले जानकारी दिए ।

Post Comments